arrow

प्रधानमन्त्री ओली दाङमा, प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
kp-oli-10-27.jpg

दाङ। प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आएका हुन् । 

प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । 

उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा नेकपा (एमाले) दाङले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

उक्त कार्यक्रमपछि उनले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ