प्रधानमन्त्री ओली दाङमा, प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
339
Shares
दाङ। प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आएका हुन् ।
प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।
उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा नेकपा (एमाले) दाङले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रमपछि उनले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।