arrow

प्रहरी विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत, संशोधन पेश गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
ramesh-lekhak-parliament-81-11-5.jpg

काठमाडौँ । ‘नेपाल प्रहरी विधेयक, २०८१  माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । 
    
विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सांसदलाई सङ्घीय संसद् सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिए । 
    
सो विधेयकमाथिको सामान्य छलफलका क्रममा सोमबार ६७ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए । 

गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१  माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभा समक्ष पेस गरेका थिए । मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ