प्रहरी विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत, संशोधन पेश गर्न सकिने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
2.5k
Shares
काठमाडौँ । ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सांसदलाई सङ्घीय संसद् सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिए ।
सो विधेयकमाथिको सामान्य छलफलका क्रममा सोमबार ६७ जना सांसदले आ–आफ्नो धारणा राखेका थिए ।
गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभा समक्ष पेस गरेका थिए । मन्त्री लेखकले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।