काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।