arrow

विधायन व्यवस्थापन समितिको बैठक

अर्को देशको कानून प्रभावित हुने गरी पानीजहाज सम्बन्धी कानून निर्माण गर्न सकिँदैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
madhav-poudel-11-19.jpg

काठमाडौँ । नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधव पौडेलले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून बनाउँदा अन्य मुलुकको कानून प्रभावित नहुने गरी बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै पूर्व अध्यक्ष पौडेलले यस्तो सुझाव दिएका हुन् । 

उनले पानीजहाज सञ्चालनका लागि अर्को मुलुकको अभ्यास अवलम्बन गर्ने भए पनि उक्त मुलुकको कानून प्रभावित हुने गरी कानून निर्माण गर्न नसकिने बताएका हुन् । उनले पानीजहाज सञ्चालनका लागि अनिवार्य रूपमा लाइसेन्स लिनुपर्ने व्यवस्था सकारात्मक रहेको बताए । पानीजहाज सञ्चालनको लागि कुनै पनि देशले दिएको लाइसेन्सलाई नेपालको लाइसेन्स सरह मान्यता दिनुपर्नेमा उनको जोड छ । 

उनले भने, ‘अर्को मुलुकको अभ्यासलाई हामीले अवलम्बन गर्ने नै हो । हामीले अन्य देशमा भएको पानी जहाज सञ्चालनको अवस्था हेरेर नै नीति तयार गर्ने हो । तर अर्को मुलुकको कानूनलाई प्रभावित पार्ने किसिमले हामीले कानून बनाउन सक्दैनौँ । यदि त्यसमा प्रभावित पार्ने हो भने हामीले त्यो देशसँग सम्झौता गर्नुपर्छ । पानी जहाज चलाउनका लागि प्रत्येक मुलुकले लाइसेन्स दिएका हुन्छन् । हामीले पनि अनुमति दिएका हुन्छौ । र अनुमति नलिईकन पानी जहाज चलाउन पाउँदैन पनि भनियो । यसको अर्थ पानी जहाज चलाउनको लागि कुनै पनि मुलुकले लाइसेन्स दिएको रहेछ भने नेपालको लाइसेन्स सरह मान्यता दिन्छौँ भनिएको हो । यसले कानूनले हामीले दिएको लाइसेन्सले विदेशमा पनि मान्यता दिन्छ भन्ने कुरा बोलेको छ । यो राम्रो छ ।’

बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले आन्तरिक जलयात्रालाई नियमन र व्यवस्थापन गर्ने गरी कानून बनाउनुपर्ने बताए । उनले अहिले चलेका बोटहरूको व्यवस्थापनलाई ऐनमा समेट्न आवश्यक रहेको बताए । उनले समुन्द्रमा समेत नेपालको झन्डा राखेर पानी जहाज सञ्चालन गर्न पाउनु अधिकारको कुरा भएको उल्लेख गर्दै त्यस्तो कुरामा यो ऐनले कसरी सहयोग गर्छ ? भन्दै प्रश्न गरे । 

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद तारामान स्बारले नेपाली नागरिकले भाडामा लिएर पानीजहाज चलाउनको लागि ऐनमा व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘यदि कुनै नेपाली नागरिकले समुन्द्रमा पानीजहाज चलाउनको लागि भाडामा लियो भने के हुने ? यो ऐनमा त्यस्तो कुनै पनि व्यवस्था गरिएको देखिँदैन । केही कसुर भएमा त्यसको दायित्व कसले लिने भन्ने पनि उल्लेख छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ