arrow

बस्दै राष्ट्रिय सभा बैठक, प्रतिनिधि सभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गरिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
parliament-building-new-ban.jpg

काठमाडौँ  । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रतिनिधि सभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएका थिए ।

प्रतिनिधि सभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश(२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो ।

योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धी अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ