प्रतिनिधि सभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गरी स्वीकृत गरिने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
485
Shares
काठमाडौँ । राष्ट्रिय सभाको बैठक शुरु भएको छ । बैठकमा प्रतिनिधि सभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएका थिए ।
प्रतिनिधि सभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश(२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो ।
योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धी अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।
प्रतिनिधि सभामा सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा बहुमत पुग्दैन । जसका लागि जसपा नेपालको साथले बहुमत हुनेछ ।