arrow

घरदेखि पार्टी कार्यालयमा माक्स र लेलिनका तस्बिर झुण्ड्याउने ओली भन्छन् – विदेशीको फोटो राखेर हिँड्ने अवस्थामा छैनौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
kp-oli-11-26.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एकीकृत माक्सवादी लेनिनवादी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विदेशीको फोटो राखेर हिँड्ने अवस्था नआएको बताएका छन् । आइतबार राजावादीहरुको जुलुसमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखेपछि त्यतैतर्फ इंकित गर्दै ओलीले यो अवस्था एमालेमा नआएको बताएका हुन् । 

तर कम्युनिष्ट नेताहरुको घरदेखि कार्यालयसम्म विदेशी कम्युनिष्ट कम्युनिष्ट नेताहरु कार्ल माक्स, लेलिन, स्टालिन, माओ त्सेतुङ लगायतका नेताहरुको तस्बिर राख्दै आएको भन्दै आलोचना भएको छ । एमालेको नामभित्रै पनि तिनै नेताहरुको नाम समेटिएको भन्दै आलोचना भइरहेको हो ।

प्रधानमन्त्री ओलीले भने,‘हामी एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ । हामी आफैँसँग विचार छ, आफैँसँग नेता छन् । हामी यसको दृष्टान्त दिनसक्छौं । हामी आफैँले गरेका छौं । त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदिएको हो, भयो । हामी आफ्नै कुरामा छौं । यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी, प्रणाली विरोधी कुरामा हामी लाग्नु हुँदैन । दरबार हत्याकाण्ड हामीले सम्झेका छौं । यो विभत्सतामा आएका संस्थाहरूका समर्थकका क्रियाकलापहरू यस्तै हुन्छन् । यसमा धेरै नजाऊँ, छोडिदिऔँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ