खाली कुर्सीले गिज्याउँदै प्रतिनिधि सभा बैठक [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
974
Shares
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा पेस गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजै प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी, आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ र उक्त विधेयकलाई पारित गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव पेस गर्नेछन् ।
संसदमा उपस्थित सांसदहरुले समसामयिक विषयमा बोलेका छन् ।
त्यस्तै गृहमन्त्री रमेश लेखकले संसदको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ पनि दिएका छन् ।
तर संसदमा विभिन्न विधेयक पेश भइरहँदा कुर्सी भने खाली खाली देखिएका छन् ।
एकातिर करिब दुई तिहाईको बलियो सरकार छ भने अर्कातिर माओवादी केन्द्र र रास्वपा, राप्रपा जस्ता प्रतिपक्षी छन् । तर प्रतिपक्षीलेसमेत पनि सही सदुपयोग गर्न नसकेको संसदका खाली कुर्सीले जग हसाइरहेको छ ।
अन्त काम नहुँदा मात्र संसदमा जाने अनि गएका बेलामा अरुलाई गाली गरेरै समय खर्चने परिपाटीले संसदको गरिमामाथि झापड हानिरहेको छ ।