जवाफ नदिने प्रधानमन्त्रीको कार्यक्रम कार्यसूचीबाट हटाउन प्रभु साहको माग
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
3.4k
Shares
काठमाडौँ । सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बिहीबार बिहान बोल्दै उनले आफूले यसअघि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सोधेको प्रश्नको जवाफ नपाएको भन्दै उक्त कार्यक्रमको औचित्य नभएको भन्दै कार्यसूचीबाट हटाउन माग गरेका हुन् ।
उनले प्रश्नको जवाफ नआउने हो भने प्रश्नोत्तर कार्यक्रमको औचित्य नभएको बताए ।
उक्त प्रश्नोत्तर कार्यक्रम सम्भावित कार्यसूचीबाट नहटाए आफूले कार्यक्रम बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।