arrow

केपी ओली भन्छन् – चुच्चे नक्साका क्षेत्रमा जाने तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
kp-oli-81-12--7par.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा भएको क्षेत्र कालापानी, लिम्पियाधुरामा तत्काल जाने कुनै योजना नभएको बताएका छन् ।

प्रतिनिधि सभाको जारी बैठकमा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिँदै उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए ।

‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछि भने जान सकिन्छ,’ उनले भने ।

उल्टै प्रश्नकर्ता सांसदलाई ओलीले प्रतिप्रश्न गरे, ‘माननीयज्यू जाने योजनामा हुनुहुन्छ र ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ