arrow

राष्ट्रिय उत्पादनमा जोड

बिहान उठ्ने बित्तिकै आफ्नै देशमा बनेको ब्रस, मञ्जनले मुख सफा गर्ने पनि हाम्रो स्थिति छैन - ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
kp-oli-12-08.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासङ्घको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उद्योग व्यवसायको स्थिति धेरै राम्रो नभए पनि राम्रोतर्फ उन्मुख भइरहेको बताए । 

उनले सरकारले व्यवसायसम्बन्धी नीतिहरू पनि सोहीअनुसार अघि बढाइरहेको बताए । राष्ट्रिय उत्पादनमा जोड दिँदै देशका लागि आवश्यक उपभोग्य वस्तुहरू आफैँ तयार गर्न सके र आत्मनिर्भर बन्न सके देशलाई अगाडि लैजान सकिने जिकिर गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘उद्यम, व्यवसाय, उद्योगको व्यवसायको स्थिति धेरै राम्रो छैन । तर राम्रोतर्फ उन्मुख भएको छ । हामीले हाम्रा नीतिहरू पनि तदनुसारकै राम्रा नीतिहरू लिएर अघि बढेका छौँ । राष्ट्रिय उत्पादनमा जोड, हाम्रा आवश्यकताहरू, उपभोग्य वस्तुहरू हामी आफैँ तयार गर् नसकौँ भन्ने जोड, आत्मनिर्भरतामा देशलाई लैजान सकौँ भन्ने जोड, हाम्रो निर्याततर्फ उद्योगहरू स्थापना गरौँ, निर्यातलाई बढवा दिऔँ, त्यसमा जोड, आयात प्रतिस्थापन गरौँ । हामीले धागो, कपडा, जुत्ता, मोजा उत्पादनमा जोड दिनुपर्नेछ । पर्याप्त स्तरीय सावुन उत्पादन गर्नुपर्नेछ, दन्त मन्जन उत्पादन गर्नुपर्नेछ । बिहान उठ्ने बित्तिकै आफ्नै देशमा बनेको ब्रस, मञ्जनले मुख सफा गर्न पाउँदा कति खुशी हुन्थ्यो, त्यो पनि हाम्रो स्थिति छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ