arrow

देउवासँग कुनै तिक्त नरहेको दाबी

०८२ को मङ्सिर मसान्तसम्म महाधिवेशन नभए कांग्रेस कमजोर बन्छ - शेखर कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
shakar-koirala-12-08.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ को मङ्सिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको अधिवेशन २०८२ मङ्सिर मसान्तसम्म भएन भने  कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे । 

उनले आफूहरूले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताए । उनले सामाजिक सञ्जालमा २०८२ को मङ्सिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता÷कार्यकर्ताहरूलाई निर्देशन दिए । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गरे । 

सांसद कोइरालाले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन २०८२ मङ्सिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिऔँ हौँ साथीहरू । एकदम सिरियस कुरा छ यो । हामीले आवाज उठाएनौँ भने कसैले आवाज उठाउँदैन । अधिवेशन तपाईंहरुलाई चाहिएको छ । हामी जस्तालाई चाहिएको छ । त्यसकारण तपाईँहरूले आवाज उठाउन जरुरी छ । सामाजिक सञ्जालमा दिनदिनै केही न केही लेखिरहेको म देख्छु । मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८२ को मङ्सिर मसान्तसम्म हुनुपर्छ भनेर लेख्नुस् त । कति प्रेसर पर्दो रहेछ हेर्नुस् । यस्तो प्रेसर पर्छ की कसैले त्यो प्रेसर खेप्नै सक्दैन । नेपाली कांग्रेसको चलायमान अधिवेशनबाट हुने हो नि त । को आउँछ, को जित्छ, हार्छ भन्ने कुरा आफ्नो ठाउँमा छ ।’

सांसद कोइरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने जिकिर गरे । देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्त नरहेको दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ