arrow

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन, बिहीबार बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
samsad-abarodh.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक स्थगन भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिए । 

यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरूलाई अनुरोधसहितको रुलिङ गरेका थिए । 

आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । उनीहरूले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका थिए । 

प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ