छ सय २० औँ हप्तामा पनि बागमतीको प्रदूषण र फोहर जस्ताको त्यस्तै [फोटोफिचर]
फोहरबाट मोहर कमाउने बेला बागमती नदी सरसफाइका नाममा अर्बौं गुमाएर अवस्था ज्यूँका त्यूँ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
751
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती सफाइ महाअभियान चलेको १२ वर्ष भइसक्यो। पशुपति क्षेत्रमा ढलरहित बागमती बगाउने लक्ष्यसहित परियोजना थालिएको २९ वर्ष नै पुगिसकेको छ। १८ अर्ब भन्दा बढी खर्च भई सक्दा पनि न नदी सफा भएको छ न परियोजनाका काम लक्ष्य अनुसार नै हुन सकेको छ।
बागमती सफाइ महाअभियान ६२० औँ हप्तामा प्रवेश गर्दा पनि बागमती नदीको प्रदूषण र फोहोर जस्ताको त्यस्तै रहेको छ। एकातिर अभियन्ताले नदी सफा गर्दै आएका छन् भने अर्कोतर्फ नदीमा ढल मिसाउने र फोहोर फाल्ने काम रोकिएको छैन।
बागमती सभ्यता बँचाउनका लागि सरकारले २०५१ मा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गर्यो जसलाई विभिन्न समयमा परिमार्जन गर्दै २०६४ मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनाइएको छ।
२०६७ मा सरकारले बागमती एक्सन प्लान समेत बनायो। त्यस बाहेक सरकारी तथा गैरसरकारी संस्थाको पहलमा स्वतःस्फूर्त रूपमा २०७० ज्येष्ठ ५ मा बागमती नदीलाई स्नात् गर्न लावुन बनाउने लक्ष्य सहित सुरु भएको बागमती सफाइ महाअभियान अहिले पनि जारी छ। यी अभियानबाट केही उपलब्ध भएता पनि बागमतीको प्रदूषण भने उस्तै छ। ढल मिसाउने र ठोस फोहोर मैला नदीमा फ्याँक्नाले अहिले बागमती दुर्गन्धित बनेको छ।
तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अगुवाइमा राष्ट्रका लागि २ घण्टा स्वयंसेवी अभियात् भन्ने नारा सहित सुरु भएको सो अभियानमा १५ लाख भन्दा बढिले सहभागिता जनाइसकेका छन् भने भने २० हजार टन भन्दा बढी फोहोर निकालिसकेका छन्। अभियन्ताहरू निरन्तर रूपमा लागि परेता पनि नदी सोच अनुसार सफा हुन् सकेको छैन।
ढललाई सिधै नदीमा मिसिन नदिन गुहेश्वरीमा बागमतीको पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएता पनि त्यसको बासै प्रभावकारिता देखिएको छैन। फोहोर पानी प्रशोधन गर्न एसियाली विक विकास बैङ्कले १ अर्ब ४० करोड करोड ७० लाख ७६ हजार ऋण सहयोगमा कुल २ अर्ब ५५ करोड ८३ लाख २० हजारमा सो केन्द्रको स्थापना गरिएको हो। विशेष त पशुपतिस्थित बागमती नदीमा स्नान गर्न लायक बनाउने यसको प्रमुख उद्देश्य रहेको छ।
सभ्यता, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको बागमती नदी अहिले मृत नदी सरह बनेको छ। उपत्यकाको बिच भागबाट बग्ने यो नदी मानवको दैनिक जीवनसँग जोडिनु पर्ने हो तर प्रदूषण र फोहोरका कारण आउने दुग्धले दैनिक जीवन नै प्रभावित भएको छ। बागमती सफाइसँग प्रत्यक्ष सरोकार राख्ने सहरी विकास मन्त्रालयले यस विषयमा खासै ध्यान नदिएको अवस्था छ। राजधानीको गोकर्ण, कोटेश्वर, शंखमल, टेक लगायतका क्षेत्रमा बागमती किनारमा नारमा पार्क तथा वृक्षरोपण गरिएता पनि नदीको पानी सफा गर्नका लागि ढलको सही व्यवस्थापन भने गरिएको छैन। अव्यवस्थित सहरीकरण, उद्योगजन्य फोहोर, प्लास्टिकजन्य फोहोरले बागमतीको अस्थित्व नै दिनप्रतिदिन घट्दै गएको छ।
सरकारी तथा गैरसरकारी स्तरबाट बागमती सफाइका लागि भएका तथा गरिएका काम तथा प्रयासहरू प्रभावकारी भएको देखिदैन्। विशेष गरी बागमती नदी सफाइका लागि व्यक्ति, स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकार सबैको सहकार्य, सहयोगको आवश्यकता रहेको देखिन्छ।
नदीमा पानी बहाव बढाउने देखि लिएर नदीमा फोहोर फाल्ने जस्ता कार्यलाई पूर्ण रूपमा निषेध गरिनु पर्दछ । ढलको उचित व्यवस्थापन गरी सहरको बिच भागबाट बग्ने नदीलाई पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बनाउन सकिन्छ ।
अरुले फोहरबाट मोहर कमाउँछन्, यहाँ बागमती नदी सरसफाइका नाममा अर्बौं गुमाएर अवस्था ज्यूँका त्यूँ बनाउँछन्
तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी