arrow

 न्यायिक समिति गठनको माग

संसद्‌मा लिङ्देनको प्रश्न - कांग्रेस एमाले भजन कीर्तन गाउँदै सत्तामा आइपुगेको हो ? [भिडियो]

राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्र नभई राज्य पक्षबाट समेत ज्यादती गरिएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
lingden-12-18.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली कांग्रेस– नेकपा एमालेहरू सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले चैत १५ गते भएको राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्र नभई राज्य पक्षबाट समेत ज्यादती गरिएको आरोप लगाए । 

उनले अहिले सत्तामा रहेका दलहरू समेत तोडफोड र मान्छे मारेर सत्तामा पुगेको टिप्पणी गरे । उनले सरकारले राजावादी आन्दोलन बिथोल्नको लागि घरको छतमा बसेर म्याद गुज्रेका अश्रुग्याँस फालेको आरोप लगाए ।

उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यो नियन्त्रण गर्ने दायित्व सरकारको होइन ? तपाई कांग्रेस–एमाले भन्नेहरू आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो ? तपाईँहरू तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ? त्यसकारण म भन्छु, सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ? छतमा बसेर किन म्याद सक्केको अश्रुग्याँस बर्साइयो ? किन माथिबाट गोली हानियो ? त्यसको जवाफ चाहिन्छ ।’

उनले घटनाको छानबिनका लागि न्यायिक समिति गठनको माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ