कसैले ‘बक्सिस’ दिएको होइन लोकतन्त्र र गणतन्त्र -चित्रबहादुर केसी [भिडियो]
दलहरूले देश र जनताको अगाडि निर्भिक भएर आफ्ना कमजोरीहरू स्वीकार्दै आत्मालोचना गर्नुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
689
Shares
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्त्वहरू सक्रिय हुन थालेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामा रक्षाका लागि नेतृत्व गरेका नेताहरूले सच्चिनुपर्ने बताए । उनले गणतन्त्रवादी दलहरुबीच मतभेद भए पनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गरे । उनले गणतन्त्रवादी दलहरूले देश र जनताको अगाडि निर्भीक भएर आफ्ना कमजोरीहरू स्विकार्दै आत्मालोचना गर्नुपर्ने समेत बताए ।
उनले भने, ‘हाम्रा बीचमा मतभेद छन् । तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन । त्यसकारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूको बीचमा प्रशस्तै मतभेद छन् । मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथीहरू सच्चिनु, आत्मालोचना गर्नु । ती कमजोरी भएका कुराहरूलाई देश र जनताको अगाडि निर्भीक भएर आत्मालोचना हुनुपर्दछ । होइन भने हामीले बर्सौँ लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरूले उल्ट्याउँछन् नि ।’ उनले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरू अगाडि बढ्नुपर्ने बताए ।