arrow

थाइल्याण्डबाट फर्किए ओली

सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छ- प्रधानमन्त्री [भिडियो]

नेपाल-भारत सम्बन्धलाई अझ व्यापक विस्तृत, सुदृढ गर्दै लैजाने र देखिएका समस्यालाई तत्काल छलफल गरी टुङ्ग्याउने बारेमा समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
oli-12-24.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन् । सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराएका छन् । 

शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताए । उनले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सम्बन्धमा र पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुराहरूमा छलफल भएको बताए । नेपाल—भारत सम्बन्धलाई अझ व्यापक विस्तृत, सुदृढ गर्दै लैजाने र देखिएका समस्यालाई तत्काल छलफल गरी टुङ्ग्याउने बारेमा समझदारी भएको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘भारतका प्रधानमन्त्री मोदीजीसँग भेट भयो, श्रीलङ्काका प्रधानमन्त्री, भुटान, म्यानमारका प्रधानमन्त्रीसँग पनि भेट भयो । खासगरी भारतीय प्रधानमन्त्रीसँगको भेट कस्तो भयो र के भयो भन्ने चासो छ । भेट अत्यन्तै राम्रो भयो । सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ भेट भयो । यस पल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनु हुन्न । यसकारण की उनको पहिला नै त्यसै बेला युरोप जाने कार्यक्रम जाने तय भइसकेको रहेछ । त्यसलाई बदल्न सक्ने अवस्था नभएकाले उन यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ । धेरै लामो होइन, दुई प्रधानमन्त्रीका बीचमा गत सेप्टेम्बरमा हाम्रो कुरा भएको थियो । सेप्टेम्बरमा तपाईँहरूले भनेको जस्तो कुनै नराम्रो भएको होइन । नराम्रो केलाई भन्ने फ्रेण्डली कुराकानी गरेका थियौँ । यसपल्ट त्यस भन्दा बढी राम्रो कुराकानी भयो । पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सम्बन्धमा हाम्रा लगानीका क्षेत्रहरू, व्यापारका क्षेत्रहरूका सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरू, दोधारा चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुराहरू लगायतका कुराहरूमा छलफल भयो । दुई पक्षीय पारस्परिक हितका बारेमा कुराकानी भए । व्यापकै क्षेत्रमा कुराकानी भएको छ । हामीले एउटा अठोट गरेका छौँ, नेपाल—भारत सम्बन्धलाई अझ व्यापक विस्तृत, सुदृढ गर्दै लैजाने र कुनै सानातिना छिमेकमा समस्या देखिन सक्छन्, त्यस्तो तत्काल कुराकानी गर्ने र टुङ्ग्याउने भन्ने कुरा हामीले गहिरो समझदारी गरेका छौँ । यो भेटघाट फलदायी भयो र खुसी छु । उनको कुराकानीबाट उन पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु । भारत भ्रमण असम्भव कुरा थियो र ? कतिपय कारणले नभ्याइरहेको स्थितिले मात्रै हो । अवरुद्ध भयो भन्ने जस्तो बाहिर छ त्यस्तो होइन । काँडे तार लगाएको छ र कसैले ? त्यस्तो होइन । ठिकै ढङ्गले बुझ्दा हुन्छ । हामीले भ्याउँछौँ भन्यौँ भने सगरमाथा संवादअघि भारत भ्रमण हुन पनि सक्छ ।’

प्रधानमन्त्री ओलीले नेपालबाट भारत भ्रमण सगरमाथा संवादका कारण केही व्यस्तता रहे पनि आफूले समय मिलाउन सके हुनसक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ