- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पूर्वी नेपालमा वसोवास गर्दै आएका सन्थाल समुदायको सोरायपर्व शुरु भएको छ । हिन्दु नेपालीको विजया दशमी जस्तै सन्थाल समुदायहरुले पनि सोराय पर्वलाई हर्षोल्लास र महत्वका साथ मनाउने गर्दछन् ।
सन्थाल समुदायले सोराय पर्व ६ दिनसम्म मनाउने गर्दछन् । मान्यजनबाट आशिर्वाद थाप्ने र राम्रो लगाउने तथा मीठो खाएर नाचगान गर्दै यो पर्व मनाइन्छ । यो पर्वको अवसरमा सन्थाल समुदायको गाउँ वस्तीमा मेला समेत लाग्ने गरेको छ ।
यो पर्वको पहिलो दिन थानमा गएर महादेव र दुर्गामाता र खेतको पुजा गरिन्छ । यसैगरी दोश्रो दिन घरको पूजा, तेश्रो दिन लक्ष्मी पूजा र घरमा रहेको गाईको पूजा गर्ने गरिन्छ । चौथो दिन जगंल देवताको पूजा हुन्छ । पाँचौ दिन माछाको पूजा गर्ने र छैठौं दिन समुदाय मिलेर शिकार खेल्ने गर्दछन् ।
यो पर्वको पहिलो दिनलाई उम, दोश्रो दिनलाई दाका तेश्रो दिनलाई खुन्टो, चौथो दिनलाई जाले, पाँचौं दिनलाई हाकुकट कम र छैठौं दिनलाई विरसिन्दरा भन्ने चलन रहेको सुरेस हेमरमले बताए ।पर्वमा घरको सरसफाई गर्ने र देउसी भैलो जस्तै यो समुदाय पनि घरघरमा गएर नाचगान गर्ने चलन रहेको उनको भनाई छ ।
यो पर्वमा आफनो भेषभुषामा तिन दिनसम्म नृत्यगर्ने चलन छ । खुम्टो, जाली र हाकाकुटकमका दिनगरी तिन दिन नाचगान गर्ने गर्दछन् । सन्थाल समुदायले यो पर्व वाहेक होली सोराय, अदारा जितिया साथै दशै, तिहार तथा छैठपर्व समेत मनाउने गर्दछन् ।
यो समुदायको वसोवास रहेको मोरङको भातिगछ, रंगेली लगायतका स्थानमा विभिन कार्यक्रम नै गरेर यो पर्व मनाउँदै आएको भातिगछ–९ का चन्दा मरण्डीले बताए । मोरङ र झापा जिल्लामा यो समुदायको बढी बसोवास छ ।