गरिमा विकास बैंक र दराजबीच ग्राहकलाई १५ प्रतिशतसम्म छुटको सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
513
Shares
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ को अवसरमा जारी गरिएको छुट योजनाअन्तर्गत गरिमाका क्रेडिट कार्ड प्रयोगकर्ताले दराजको वेबसाइट वा मोबाइल एपमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न गर्ने भएका हुन् ।
१५ प्रतिशत भनेको अधिकतम ७५० रुपैयाँसम्मको हुनेछ । त्यस्तै डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशतसम्म अर्थात् अधिकतम ५०० रुपैयाँसम्मको छुट हुनेछ ।
चैत २२ गतेदेखि शरु भएर यो योजना चैत्र ३१ गतेसम्म लागू हुनेछ ।
गरिमाले १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएम मार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।