arrow

मात्र १५ मिनेटको मुसलधारे वर्षाले अदानचुलीमा मच्यायो विध्वंश [फोटोफिचरसहित]

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
goat-flood-82-01-04.jpg

हुम्ला । हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपिलकाको श्रीनगर बजार वर्षासहितको बाढीले क्षति पुर्‍याएको छ। बिहीबार बिहान परेको अलिरल वर्षाका कारण हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजार बजार क्षेत्रमा र मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिई स्थित बैन्यामा अत्यधिक क्षति पुर्याएको हुम्ला प्रहरी प्रमुख डीएसपी शंकर पोखरेले जानकारी दिए।

बिहान अन्दाजी १५ मिनेट परेको मुसलधारे पानीका कारण श्रीनगर बजार क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुगेको छ । 

वर्षासँगै बाढी सहितको लेदोका कारण अदानचुली २ का अमृत बुढा, अदानचुली १ का बुद्धि महतारालगायत १० जना व्यवसायीका पसलसहित सामग्रीमा क्षति पुगेको छ । 

बजार क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय र घर तथा टहराहरुमा पानी पसेको छ । बाढी भित्र पस्दा श्रीनगरका पसल घरहरूमा क्षति पुर्‍याएको स्थानीय धनरनज धामीले बताए ।

उता मुगुको बैन्यामा आएको बाढी सहितको लेदोका कारण कर्णाली नदीलाई केही समय अबरुद्ध बनाएको छ । सोही बाढीका कारण बैन्याको खेती योग्यसहित बाँझो जमीन चिरा चिरा बनाएको छ ।

अदानचुली २ को गल्फाडको डोप्का जिउलालाई कर्णालीले असर पारेको, मुगुको सोरुबाट भिई आउने सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । यता श्रीनगर आउ जाउ गर्ने सबै सडकसमेत बन्द भएको धामीले बताए ।

यसैगरी अदानचुली ३ गोरपालीको छारेखेतमा रहेको धर्मराज बुढाको भेडाबाख्रा राख्न बनाइएको एक तले गोठमा वर्षासँगै अएको बाढी सहितको लेदोले पुर्दा गोठमा रहेका ८१ बाख्रामध्ये २७ वटा मरेको, २९ वटा घाइते अवस्थामा उद्धार गरिएको छ ।

२५ वटा बाख्रा बाढी पहिरोसँगै हराएको डीएसपी पोखरेले बताए । यसैगरी श्रीनगरमा रहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको गोदाममा बाढी पस्दा २५ केजीका अन्दाजी १ सय बोरा चामल भिजेको उनले बताए । 

श्रीनगर बजार क्षेत्रमा रहेका व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायीटहरा सहित पसलमा, अदानचुली गाउँपालिकाको कार्यालय, सूर्योदय मावि तथा स्थानीयको घरमा बाढी पस्दा पालिका केन्द्र असपास ठूलै क्षति भएको श्रीनगर प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
 

humla-adanchuli-rain-82-01-04 (7).jpg
humla-adanchuli-rain-82-01-04 (8).jpg
humla-adanchuli-rain-82-01-04 (9).jpg
humla-adanchuli-rain-82-01-04 (10).jpg
humla-adanchuli-rain-82-01-04 (11).jpg
humla-adanchuli-rain-82-01-04 (12).jpg
humla-adanchuli-rain-82-01-04 (13).jpg
humla-adanchuli-rain-82-01-04 (14).jpg
humla-adanchuli-rain-82-01-04 (15).jpg
humla-adanchuli-rain-82-01-04 (16).jpg
humla-adanchuli-rain-82-01-04 (17).jpg
humla-adanchuli-rain-82-01-04 (1).jpg
humla-adanchuli-rain-82-01-04 (2).jpg
humla-adanchuli-rain-82-01-04 (3).jpg
humla-adanchuli-rain-82-01-04 (4).jpg
humla-adanchuli-rain-82-01-04 (5).jpg
humla-adanchuli-rain-82-01-04 (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ