arrow

प्रधानमन्त्री ओली आक्रोशित

शिक्षामन्त्रीको राजीनामालाई लिएर ओलीको टिप्पणी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
oli-aakroshit.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनाबद्ध रूपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट विद्या भट्टराईले सोमबार राजीनामा दिएकी थिइन् । स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी मन्त्री भट्टराईको विषयमा सञ्चारमाध्यमहरुले प्रधानमन्त्रीलाई दोष देखाउँदै समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् । 

उनले स्वास्थ्यको कारण देखाएर स्पष्ट रूपमा राजीनामा दिँदा आफूहबिरुद्ध किन आक्रमण भन्दै प्रश्न गरे । सबै सञ्चार माध्यहरूले आफ्नो विरुद्धमा प्रस्ताव राखेर पारित नै गरेर झैँ आक्रमण गरिरहेको उनको आरोप छ । प्रधानमन्त्री ओलीले केही नयाँ राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेमा शिक्षामन्त्रीको राजीनामा आयो भनेकोप्रति १५ महिना कुरेदेखि आफ्नो पनि राजीनामा आउने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताए । आफ्नो राजीनामा हेर्ने मन भए १५ महिना पर्खिन आग्रह गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘हामी सुशासन र विकासको बाटोमा अघि बढेका छौँ । सजिलो छैन । धेरैतिर बिग्रिएको छ । बिग्रिएकोलाई सच्याएर अघि बढ्न, सपारेर अघि बढ्न सजिलो छैन । त्यही अप्ठ्यारो काम हामी गरिरहेका छौँ । गर्न खोजिरहेका छौँ । हामीले सरकारको नेतृत्व जिम्मा लिँदा अर्थतन्त्र अस्तव्यस्त अवस्थामा थियो । हामीले आरोलो लाग्दो अवस्थाबाट ब्रेक हान्दै हान्दै हान्दै ल्याएर यो वर्षभरमा हामी ठिक ठाउँमा लैजान्छौँ । आरोलो लाग्ने क्रमलाई रोकेर अब सकारात्मक बाटोमा फर्काउन नयाँ बजेट ल्याउँदै छौँ । नयाँ नीति कार्यक्रम ल्याउँदै छौँ । अब हल्ला एक जना मन्त्रीले राजीनामा दिनुभयो भन्ने । खुब प्रचार भएको छ । किन दिनुभयो रे भन्दा प्रधानमन्त्रीले बसिखानै दिएन रे । मैले बनाएको मन्त्री, मैले काम लगाइरहेको छु, सहयोग गरिरहेको छु, सिकाइरहेको छु । उनले अस्ति भर्खर पनि अप्रेसन गरे, स्वास्थ्य पनि ठिक भएन । धेरै ठूलो मन्त्रालय छ शिक्षा मन्त्रालय । सजिलो पनि छैन । त्यसो भएर उनले । उनले स्वास्थ्यको कारण देखाउनुभएको छ । स्वास्थ्यको कारणले उनले काम गर्न सक्नु भएन भने त्यो सबै आजको अखबार हेर्नुपर्छ । सबैको हेडलाइन मेरा विरुद्ध छ । यो त कस्तो भने आश्चर्यको पनि अनौठो आश्चर्य लाग्छ । यस्तो दुस्मनी के कारणले हो । सबैले एक ठाउँ बसेर सल्लाह गरेर लेखे जस्तै गर्दछन् । सल्लाह गरेर । मानी लिऔँ, प्रस्ताव राखेर पारित नै गरेर यही लेख्ने भनेर लेखेको जस्तै सबैको टेलिफोन संवाद भएर योजनाबद्ध ढङ्गले लेखेका छन् । आजका पेपरहरूका हेडलाइन हेर्नुस् । सबैका । सरकारले असहयोग गरेर कोही कोही ठाउँमा लेखेका होलान् । नत्र भने प्रधानमन्त्रीले असहयोग गरेर, प्रधानमन्त्रीसँगको मतभेदबाट । धेरैलाई लागेको छ । कोही कोही नयाँ शक्तिहरूले त भनेछन् पनि । शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनुपर्दथ्यो । प्रधानमन्त्रीको राजीनामा मैले भन्ने गरेको छु त १५ महिनापछि आउँछ भनेर । हाम्रो सहमति नै छ नेपाली काँग्रेससँग १५ महिनापछि मैले राजीनामा गर्दछु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । स्पष्टै छ त यसमा १५ महिना पर्ख न मेरो राजीनामा हेर्ने मन छ भने । पर्ख । पर्ख । १५ महिना पर्ख ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ