arrow

प्रधानमन्त्री ओली लुम्बिनीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
kp-oli-lumbini.jpg

लुम्बिनी । ‘नेपाल-चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरे ।

नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ ।

महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ । 

नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो ।

चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।

संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् ।

महोत्सवमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । 

महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ