arrow

नेतृत्वमाथि हमला गर्ने क्रम जारी छ - केपी ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
oli-baa-01.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र एमालेको नेतृत्वमाथि हमला गर्ने काम भइरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा मन्त्रीले राजीनामा गर्दा प्रधानमन्त्रीले असहयोग गर्‍यो भन्नेजस्ता भ्रमहरू फैल्याएको जिकिर गरे ।

उनले जसरी पनि नेतृत्वमाथि हमला गर्ने काम गरिरहेको र यसको नेतृत्व फटाहहरुले गरेको बताए । उनले आफ्नो नागरिकताको नाम खड्गप्रसाद ओली होला भन्ने सोचेर विदेश (कम्बोडिया) मा लगानी गरेको भन्ने बिलमा खड्गप्रसाद ओली लेखेको बताए । उक्त बिलबाटै उनीहरू पराजित भएको (खुस्किएको) प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले भने, ‘एउटा मन्त्रीले राजीनामा गर्दा देख्नुभयो, प्रधानमन्त्रीले असहयोग गरेर कहाँबाट थाहा पायो । प्रधानमन्त्रीले असहयोग गरेको । प्रधानमन्त्रीले सहयोग गरेर, अनेक ढङ्गले अघि बढाउन खोजेको देखेन । असहयोग गरेको भन्छन् । जसरी होस् लिडरसिपमाथि हमला । जसरी होस् लिडरसिपलाई कमजोर पार्ने । लिडरसिपको विरुद्ध जहिलेसुकै पनि लेख्ने, बोल्ने यस खालका कामहरू । सधैँ विभिन्न प्रकारका आरोपहरू । झुटो आरोपहरू । झुटा बिलहरू पनि देखाउने । उनीहरू कतिसम्म झुक्किए भने मैले केपी शर्मा ओली भन्ने गरेको । मेरो नाम चाहिँ खड्गप्रसाद ओली हो । नागरिकतामा त्यही होला । त्यसो भएर त्यहाँको पैसा राखेको बनाउँदा त नागरिकताअनुसार, पासपोर्टको नामअनुसार बनाएको हुन्छ । त्यसमा खड्गप्रसाद ओली होला भनेर बिल पनि खड्गप्रसाद ओलीका नाममा बनाएर, बाठो भएर । बिना नागरिकता, बिना पासपोर्ट त राख्दैन । नक्कली नाममा त राख्दैन । त्यहीँ बिचराहरू खुस्किए । यस्ता फटाह कुराहरू गर्न जानी जानी बाहेक । नजानिकन यस्तो हुन्छ । यी फटाह काम गर्नेहरू स्थापित फटाहहरु छन् । चिनिएका, जानिएका, मानिएका । त्यस्ताहरूकै अगुवाइमा, नेतृत्वमा यी कामहरू भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ