arrow

भारतको औपचारिक भ्रमणमा गए सुदूरपश्चिमका मुख्यमन्त्री [भिडियो]

कुनै किसिमको आतङ्ककारी गतिविधि नेपाललाई स्वीकार्य हुँदैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
kamal-saha.jpg

काठमाडौँ । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह मंगलबार औपचारिक भ्रमणमा गएका छन् । भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरूमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भए पनि कुनै सम्झौता नहुने स्पष्ट पारे ।

उनले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिए । उनले कश्मीरमा भएको आतङ्ककारी हमलाको निन्दा गर्दै कुनै पनि किसिमको आतङ्ककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताए । 

उनले भने, ‘भर्खरै भारतमा भएको आतङ्ककारी घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु । र कुनै पनि किसिमको आतङ्ककारी गतिविधिमा विशेष गरी नेपाल, नेपाली सरकार, नेपाली जनता त्यो कुरा स्विकार्न तयार छैन । यो सन्दर्भमा समग्र विश्व र भारत सरकार पनि यो दिशामा अगाडी बढेको महसुस गरेको छु । म मृतकहरूप्रति श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छु । र यस्ता घटनाहरू नहुनका लागि सबै सचेत हुनु जरुरी छ, सबै एकताबद्ध भएर अघि बढ्नु जरुरी छ । संघीय संरचना निर्माणपछि भारत सरकारले आमन्त्रण गरेको छ त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

मुख्यमन्त्री शाहले नेपाल र भारतबीच घनिष्ठ सम्बन्धका साथै ऐतिहासिक, धार्मिक र भौगोलिक सांस्कृतिक रूपमा पनि जोडिएकाले धेरै कुरा आदान प्रदानमा भ्रमण उपलब्धिमूलक हुने बताए । प्रदेश सरकारलाई सम्झौता गर्ने अधिकार नरहेकाले भारत सरकारसँग कुनै सम्झौता नहुने पनि जानकारी गराए । उनले भ्रमणका क्रममा स्थानीय सरकारबीचको सम्बन्ध सुधार हुने बताए । 

उनले भने, ‘प्रदेश सरकारलाई कुनै पनि आधिकारिक सम्झौता गर्ने अधिकार नभएको र भारत सरकारले नै तय गरेका कार्यक्रमहरूमा सहभागिता हुनेछ । व्यक्तिगत रूपमा आफू पनि हिन्दु नै भएकोले यसमा धेरै कुराहरू जोड्नु आवश्यक छैन । उत्तराखण्ड र युपीसँग भौगोलिक रूपमा जोडिएकाले विशेष गर पर्यटन, कृषि विकासलगायतमा भारत सरकारको सहयोग छ अब यो भ्रमणले प्रदेश सरकार गरी स्थानीयबीच सम्बन्ध सुदृढ हुनेछ । सँगै भारतसँग लिन सकिने र आफूहरूले दिन सकिने विषयमा छलफल हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ