arrow

काउन्टरमा राजतन्त्र

राजवादीहरूले चुनौती दिन खोजेका छन्, हामी जवाफ दिन्छौँ - प्रधानमन्त्री [भिडियो]

यिनले गरेका अपराधहरूमा हामीले अझै छानबिन गरेका छैनौँ, केही नहुँदा त त्यस्तो छ, यस्ता मान्छेहरू कथं कदाचित यिनको शासन हुने हो भने के हुँदो हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
kp-oli-18.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौती दिन खोजेको बताएका छन् । जिफन्टले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै त्यस्तालाई जवाफ दिनुपर्ने बताए । 

उनले अराजक समूहहरूको चुनौतीलाई स्वीकार गरेर आफूहरूले जवाफ दिने समेत जिकिर गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनीहरूले गरेको अपराधमाथि प्रश्न नउठाएको र छानबिन अझै नगरेको बताए । उनले राजावादीहरूमा असहिष्णुता धेरै रहेको बताउँदै शान्ति कायम गर्न उभिएको प्रहरीमाथि गाडी लिएर किच्न गएको भन्दै आक्रोश व्यक्त गरे । उनले केही नहुँदा यस्तो अराजक मच्चाउनेहरूले कदम कदाचित शासन चलाए के हुँदो हो ? भन्दै प्रश्न गरे ।  

उनले भने, “यिनले गरेका अपराधहरूमा हामीले अझै छानबिन गरेका छैनौँ, अझै प्रश्न उठाएका छैनौँ । यिनीहरूमा यति असहिष्णुता छ, शान्ति कायम गर्न उभिएको प्रहरी त्यसमाथि गाडी लिएर किच्न जान्छन् । केही नहुँदा त त्यस्तो छ, यस्ता मान्छेहरू कदम कदाचित यिनको शासन हुने हो भने के हुँदो हो ? विचार गर्नुस् त । यस्ता कुरामा हामी शतर्क हुनुपर्छ । हाम्रो संस्कृति बिगार्न खोजका छन् । सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न खोजेका छन् । समाज भत्काउन, बिगार्न र समाजलाई विकृत बनाउन खोजेका छन् । हाम्रो सभ्यता माथि चुनौती दिन खोजेका छन् । हामीले यी चुनौतीलाई स्वीकार गरेर त्यस्तालाई जवाफ दिन सक्नुपर्छ । हामी जवाफ दिन्छौँ ।”  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ