बैशाखमै काठमाडौँलाई वर्षाको चुनौती, कंकेश्वरी क्षेत्र अस्तव्यस्त [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २३ मंगलबार
758
Shares
काठमाडौँ । बर्खायाम नलाग्दै काठमाडौँ उपत्यकालाई वर्षाले चुनौती दिएको छ । गत असोजको बेमौसमी वर्षाले ठूलो जनधनको क्षति गराएको वर्षाले यसपालि बर्खायाम नलाग्दै बैशाखमै चुनौती दिएको छ ।
काठमाडौँका विभिन्न ठाउँमा डुबान भइरहेको छ । सो क्रममा काठमाडौँ महानगरपालिका वडा नं १९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन दिउँसो प्रभावित भयो ।
पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन ।