काठमाडौँ । आज बागमती प्रदेशमा सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्वजनिक बिदा दिइएको सो मन्त्रालयकी सूचना अधिकारी रबिता अधिकारीले जानकारी दिइन् ।