arrow

केपी ओलीको कटाक्षः कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
oli-82-1-28.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा नहुने बताएका छन् । राजावादीहरूले जेठ १५ गतेदेखि सुरू गर्न लागेको आन्दोलनप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सो आन्दोलनको सपना पूरा नहुने बताएका हुन् ।

यो जेठ १५ त परै जाओस्, अबको कुनै पनि जेठ १५ भित्र प्रतिगामी सपना ब्युँताउन सकिँदैन, अब त्यो सपना छाडेर देश विकासमा लाग्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणाली भित्रै बसेर शान्तिपूर्ण तरिकाले आफना कुरा राख्न पनि म अनुरोध गर्दछु ।’ 

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै राजावादीहरूको जेठ १५ गतेदेखि गर्ने भनिएको प्रदर्शनको औचित्य नभएको पनि उनको तर्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ