arrow

खुल्यो बीपी राजमार्ग 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
roshi-khola-diverson.jpg

काठमाडौँ । अचानक आएको वर्षाका कारण बीपी राजमार्ग खुलेको छ । सोमबारदेखि बाढीका कारण अवरुद्ध भएको राजमार्ग निरन्तरको प्रयासपछि १६ घण्टापछि सञ्चालनमा आएको हो । 

काभ्रेपलाञ्चोकको बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार डाइभर्सन बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । 

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।
 
यसैबीच सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी गरिएको प्रहरीले जनाएको छ । साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् । 

मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो । 

सोमबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ