arrow

बाढीले बगाएकी महिलाको खोजी जारी [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
woman-missing-flood-82-1-29.jpg

बनेपा । पनौतीमा खोलामा डुबेर बेपत्ता भएकी महिलाको खोजी कार्य जारी रहेको छ । काभ्रेस्थित पनौती नगरपालिका–५ मा सोमबार बाढीमा बेपत्ता महिलाको खोजी गर्नका लागि सशष्त्र प्रहरी बल १५ नम्बर गण काभ्रेको सुरक्षा फौज लागिरहेको हो ।

सोमबार साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।

यता अचानक आएको वर्षाका कारण बीपी राजमार्ग खुलेको छ । सोमबारदेखि बाढीका कारण अवरुद्ध भएको राजमार्ग निरन्तरको प्रयासपछि १६ घण्टापछि सञ्चालनमा आएको हो । 

काभ्रेपलाञ्चोकको बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार डाइभर्सन बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । 

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।

woman-missing-flood-82-1-29 (4).jpeg
woman-missing-flood-82-1-29 (2).jpg
woman-missing-flood-82-1-29 (1).jpeg
woman-missing-flood-82-1-29 (1).jpg
woman-missing-flood-82-1-29 (2).jpeg
woman-missing-flood-82-1-29 (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ