arrow

दुई समितिका वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिँदै, विनियोजन विधेयकमाथिको छलफल जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ। बैठकमा दुई संसदीय समितिहरूले आफ्नो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले “अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२” सभामा प्रस्तुत गर्नेछन्। 

यसै गरी, कानुन, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति विमला सुवेदीले “कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२” पेश गर्नेछिन्। 

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ