स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैङ्कका नयाँ शाखा सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
445
Shares
काठमाडौँ। ग्रामीण भेग देखि सहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गर्दै आइरहेको यस गरिमा विकास बैङ्क लिमिटेडले मिति २०८२ वैशाख ३१ गते बुधवारका दिन स्याङ्जा जिल्लाको बिरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ।
बिरुवा शाखाको समुद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र यस विकास बैङ्कका अध्यक्ष दिलीप प्रताप खाँडज्यूले संयुक्त रूपमा गरेका हुन्। त्यसै गरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र यस विकास बैङ्कका अध्यक्ष दिलीप प्रताप खाँडज्यूले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन कार्यक्रमहरूमा गाउँपालिका प्रतिनिधिहरू, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यावसायिक फर्म-कम्पनी तथा अन्य सङ्घसंस्थाहरूलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैङ्क प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैङ्कले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैङ्कले लिएको छ।
हाल, गरिमा विकास बैङ्क लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरूलाई बैङ्किङ सेवा प्रवाह गर्दै आइरहेको छ।