arrow

प्रतिनिधि सभा

दलहरूले राज्य संयन्त्रलाई स्वार्थ अनुसार चलाए : सांसद ढकाल

राष्ट्र बैंकको नियुक्ति लज्जास्पद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
hari-dhakals.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राज्यका संयन्त्रहरूलाई दलीय चक्रव्युहमा फसाएर राजनीतिक दलहरूले आफ्नो स्वार्थ अनुकूल प्रयोग गरेको गम्भीर आरोप लगाएका छन्।

आज बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद ढकालले राज्यका संरचनाहरूलाई चक्रव्युहमा फसाएर निहित स्वार्थका लागि प्रयोग गरिरहँदा तत्काल फाइदा भए पनि आम नागरिक र अन्तर्राष्ट्रिय समुदाय चकित भइरहेको बताए। उनले राष्ट्र बैंक जस्तो गरिमामय संस्थाको प्रमुख नियुक्तिका विषयमा भइरहेको अभ्यासलाई लज्जास्पद र ऐतिहासिक भूलको संज्ञा दिए। आगामी दिनमा यसले राष्ट्र बैंकको गरिमामा गम्भीर क्षति पुग्ने उनको चेतावनी थियो।

विगतमा पनि राष्ट्र बैंक दलीयकरणको प्रभावबाट मुक्त नरहेको स्मरण गराउँदै सांसद ढकालले राजनीतिक हस्तक्षेपका कारण अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच द्वन्द्व सतहमा आएको र त्यसले बजेट नीति तथा मौद्रिक नीति कार्यान्वयनमा नकारात्मक असर पारेको बताए। दलीयकरणको यस्तो अभ्यासले समग्र अर्थतन्त्रलाई कमजोर बनाएको र निजी क्षेत्रलाई हतोत्साहित गरेको उनको भनाइ थियो।

सांसद ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा दलहरूले गरिरहेको अभ्यास निन्दनीय भएको टिप्पणी गरे। उनले विगतमा धितोपत्र बोर्डमा १० महिनासम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त नहुँदाको नकारात्मक प्रभावबारे सिंगो सदनमा छलफल हुनुपर्ने माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ