किङ पावर स्टेडियम । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी उपाधि लयमै देखिएको छ । लगातार १४ खेल जितेर कीर्तिमान राखेको चेल्सीले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई उसकै मैदान किङ पावर स्टेडियममा ३–० ले हराएसंगै उपाधिका लागि प्रमुख दावेदारी दिएको हो ।
चेल्सीको २१ खेलबाट ५२ अंक भएको छ । दोस्रो स्थानको टोटनह्याम हट्सपरको ४५ अंक छ ।
लेस्टरमाथि शानदार जित दर्ता गर्ने क्रममा चेल्सीलाई जिताउन मार्कस अलन्सोले दुई गोल गरे । त्यस्तै पेड्रो रोड्रिग्वेजले एक गोल जोडे ।
डिएगो कोष्टा तीन दिनसम्म अभ्यासमा नआएपछि प्लेइङ सेटमा थिएनन् । कोष्टालाई चिनियाँ क्लवले किनेको हल्ला चलिरहेको छ ।
प्रशिक्षक एन्टोनियो कोन्टेले फिटनेशको कारण देखाउँदै उनलाई सहभागी गराएका थिएनन् ।