arrow

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल 

प्रतिनिधि सभामा अर्थमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
bishnu-poudel-81-12-3.jpg

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै छन्। 

आज बिहान ११ बजे बस्ने   प्रतिनिधिसभाको बैठकमा   अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । 

संघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल आजै सकिनेछ। 

बैठकको मुख्य कार्यसूचीमा अर्थमन्त्रीपौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)’ सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

सांसदहरूले आफ्नो धारणा राखिसकेपछि अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ। यसअघि, सोही प्रस्तावमाथि गत वैशाख ३० गतेदेखि प्रतिनिधिसभामा छलफल जारी थियो।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो। आजको बैठकमा अर्थमन्त्रीको जवाफपछि विधेयकमाथि थप प्रक्रिया अघि बढ्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ