arrow

प्रतिनिधि सभा बैठकमा यस्तो छ आजको कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
parliament-building-new-ban.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरू हुनेछ । 

आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल जारी रहनेछ ।

आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ ।

यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ ।

यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्नेछन् ।

छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ