arrow

आठ अध्यादेश सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
Koshi Pradesh.jpg

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पेस गर्नुभएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सर्वसम्मतिले पारित भएको छ ।

यसरी पारित भएका अध्यादेशमा सार्वजनिक निजी साझेदारी ऐन-२०७६, प्रदेश सहकारी ऐन-२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन-२०७६, भवन ऐन-२०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन-२०७७, प्रदेश पर्यटन विकास ऐन-२०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन-२०७७ र प्रदेश वन ऐन-२०७७ समेत गरी आठवटा छन् ।

कोशी प्रदेशसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि हुने छलफलमा हिमाल कार्की, निरादेवी खनाल, बन्दना झाँगर र इन्द्रमणि पराजुलीसहित ११ सदस्यले भाग लिनुहुने कार्यसूची रहेको उपसचिव गौतम अमात्यले जानकारी दिए ।

यही जेठ ५ गते सरकारका तर्फबाट कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ