arrow

ओलीको 'काठमाडौँ एमालेको कब्जामा' भन्ने अभिव्यक्तिप्रति कांग्रेसको प्रतिक्रिया -'शब्द चयन राम्रो भएन'

'काठमाडौँ एमालेको कब्जामा'भन्ने शब्द प्रयोग नगर्नुभएको भए राम्रो हुन्थ्यो, छानबिन हुँदा मन्त्रीले राजीनामा गर्न थाले एउटा पनि मन्त्री बाँकी नरहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
shayam-ghimireys.jpg

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सार्वजनिक कार्यक्रममा 'काठमाडौँ एमालेको कब्जामा' भन्ने शब्द प्रयोग नगरेको भए राम्रो हुने बताएका छन्। प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौँलाई 'कब्जा' गर्ने अभिव्यक्ति दिएका थिए।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले सो अभिव्यक्तिको सन्दर्भमा कांग्रेसले सामान्य रूपमा लिएको बताए। उनले प्रधानमन्त्रीले काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न दिएको निर्देशन गणतन्त्र दिवस मनाउने सन्दर्भमा भएको स्पष्ट पारे।

घिमिरेले भने, "उहाँले गणतन्त्र दिवस मनाउने सन्दर्भमा भन्न खोज्नुभएको हो। गणतन्त्र दिवस मनाउनका लागि यति संख्यामा यहाँ जम्मा हुनुपर्छ। यहाँ एमाले बाहेक केही पनि नदेखियोस् भन्नुभयो। एमाले नभनेको भए हुन्थ्यो। उहाँले नेपाली जनता, गणतन्त्रका पक्षधर बाहेक अरु कोही नदेखियोस् भन्नुभएको भए राम्रो हुन्थ्यो। अलिकति बोल्ने क्रममा एमाले भन्ने शब्द प्रयोग गर्नुभयो। त्यो शब्दलाई गणतन्त्रवादी नेपाली जनता भन्नुभएको भए राम्रो हुन्थ्यो। कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सामान्य रूपमा लिएका छौँ।"

प्रमुख सचेतक घिमिरेले कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीले राजीनामा गर्न थाल्ने हो भने एउटा पनि मन्त्री बाँकी नरहने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ