बागमती प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
559
Shares
बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (जेठ १४ गते) प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार, बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ।
आज प्रस्तुत गरिने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले बताएका छन्।
यसअघि, प्रदेशसभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफल भई पारित भइसकेको छ।