संसद शुरु भएसँगै प्रतिपक्षी दलहरूको अवरोध, बैठक स्थगित
गृहमन्त्री लेखकको राजीनामा माग
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
2.2k
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले आज पनि संसद अवरुद्ध पारेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको आरोपमाथि निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सांसदहरूले अवरोध सिर्जना गरेका हुन्।
प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ।