arrow

नगरपालिकामा नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
ramechhap-uthkhanan.png
तस्बिर फाइल

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन र उत्खनन कार्य जेठ मसान्तपछि बन्द गरिने भएको छ। यो प्रतिबन्ध असार १ गतेदेखि भदौ मसान्तसम्म लागू हुनेछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार, ढुङ्गा, बालुवा, गिटी उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९) को दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ।

"सोही कानूनी व्यवस्था अनुसार नदीजन्य पदार्थ सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो," उनले भने, "उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, सङ्कलनको कार्य गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही हुनेछ।" नगरपालिका क्षेत्रमा महाकाली नदी र चुरे क्षेत्रका खोलाबाट नदीजन्य पदार्थ सङ्कलन र उत्खनन हुने गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ