arrow

प्रतिनिधि सभा सभा बैठक साढे छ मिनेट बसेर स्थगित, प्रयास जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
parliament-82-2-26y.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबार पनि निरन्तर हुन सकेन । आज दिउँसो २ बजे बस्ने भनिए पनि ढिला गरी बसेको बैठकमा प्रतिपक्ष दलले बैठक अगाडि बढ्न नदिएपछि आधा घण्टापछि बस्ने गरी सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् । 

यो महिनाका अधिकांश दिन चल्न नसकेको संसद आजदेखि निरन्तर हुने अपेक्षा सभामुखदेखि दलका नेताहरुले गरिरहेका छन् । सरकारले बजेट सार्वजनिक गरे पनि त्यसमाथि छलफल हुन सकेको छैन । भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिपक्ष दलहरुले अवरोध गरेका कारण बैठक बस्न सकेको छैन । 

यदि आजको बैठक नियमित हुन सक्यो भने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । 

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्नेछन् ।

बैठकको महत्त्वपूर्ण कार्यसूचीमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यससँगै प्रतिनिधि सभामा आगामी बजेटमाथिको छलफल औपचारिक रूपमा शुरू हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ