arrow

अवरोधमै समय बित्दै

दुई सातादेखि प्रतिनिधि सभामा अवरोध कायमै, गृहमन्त्रीको राजीनामामै अड्किए प्रतिपक्ष दलहरू 

बिहान ११ बजे बस्दै आएको बैठक सर्दै गएर बिहीबार दिउँसो ३ बजेलाई डाकियो, निकास निस्कने छाँट देखिएन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
parliament-82-2-28.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् । 

आज बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाए । सत्तापक्षका सांसदहरूले पनि गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आएका छन् । 

बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा सदनमा बोल्न समय उपलब्ध गराउने पटकपटक आग्रह गर्दा पनि छलफलका लागि वातावरण बन्न नसकेपछि आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नुअघि स्थगन भएको हो ।

अवरोध हटाउन सभामुख घिमिरेले विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए । बैठकअघि सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति जुट्न सकेको छैन । 

सभाको अर्को बैठक यही जेठ २९ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ