arrow

शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवनोपयोगी बनाउनुपर्छ - प्रधानमन्त्री ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
kp-sharma-29.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवनोपयोगी बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार सम्पन्न काठमाडौं विश्वविद्यालयसभाको ९९ औं बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको औंल्याउँदै यसमा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनर्विचार गर्नुपर्ने बताएए। विशेषगरी मेडिकल स्वास्थ्य क्षेत्रमा धेरै बजेट विनियोजन भइरहेको र इन्जिनियरिङलगायत अन्य विषयमा बजेट कम भइरहेकोबारे पुनर्विचार गर्न जरुरी रहेको उनको भनाइ थियो। उनले शिक्षालाई आम जनताको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले भने, “हामीले एजुकेसनको सन्दर्भमा आमूल परिवर्तन गर्नुपर्नेछ। केही धेरै नमिलेका कुराहरू छन्। मेडिकल एजुकेसनमा ७५ प्रतिशत स्कलरसिप दिएका छौँ, र ४५ देखि ५० लाखको खर्च व्यहोर्ने। अब हामी थप गेटा खोल्दैछौँ। त्यहाँ फेरि विद्यार्थीको ७५ प्रतिशत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोटा बढाउँदैछौँ। अरू स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू खोल्दैछौँ। अरू विश्वविद्यालयहरू खोल्दैछौँ। त्यसो भएपछि स्वास्थ्य शिक्षामा खासगरी युजीमा हामीले दिने गरेका छौँ।”

उनले शिक्षामा भइरहेको असन्तुलित लगानीप्रति चिन्ता व्यक्त गर्दै भने, “धेरै असन्तुलित र एकतर्फ बजेट बेस्सरी खन्याउने र अर्कोतर्फ शिक्षा के भइरहेको छ भन्नेकुरामा बढी ध्यान नजाने कुरा भइरहेको छ, यसमा पुनर्विचार गर्नैपर्छ। कति सक्छौँ हामी? अरू इन्जिनियर पढ्नेलाई किन नदिने स्कलरसिप? अरू विधा पढ्नेलाई किन नदिने? डाक्टर मात्रै भएर समाज चल्छ र? डाक्टर मात्रैलाई सुविधाका साथ उत्पादन गर्ने अरू उत्पादन नगर्ने कुरा हुँदैन।”

ओलीले सबै शिक्षाले पनि कति प्राप्त गर्न सक्छन् भन्ने हेरेर आम जनताका छोराछोरीले पढाउन सकून् र त्यहाँ सुविधा पुर्‍याउन सकियोस् भन्ने कुरा आम जनताको पहुँचभित्र शिक्षा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए। उनले शिक्षालाई आधुनिक प्रविधिमैत्री र जीवनोपयोगी बनाउनुपर्ने, बेरोजगार जन्माउने विगतको प्रवृत्ति सच्याउनुपर्ने र अनुत्पादक तथा बेरोजगार खालको जनशक्ति उत्पादन गर्नु नहुने बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ