arrow

प्रतिनिधि सभा बैठकमा सुनाइयो माधव नेपालको सांसद पद निलम्बनको सूचना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
devraj-ghimire-82-1-22.jpg

काठमाडौँ ।संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्बनको सूचना पढेर सुनाइएको छ।

सभामुख देवराज घिमिरेले शुक्रवारको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्बनसम्बन्धी सूचना पढेर सुनाएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

अध्यक्ष नेपाल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट रौतहट जिल्लाबाट निर्वाचित भएका सांसद हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ