एजेन्सी । कालो हरिण शिकारको आरोप लागेका बलिउड अभिनेता सलमान खानले सफाइ पाएका छन् । १८ बर्ष देखि अदालतमा विचाराधीन मुद्दामा खानले सफाइ पाएका हुन् । उनलाई मंगलबार जोधापुर अदालतले सफाइ दिएको हो । सरकारी वकीलका अनुसार उनलाई चेतावनी दिएर छाडिएको छ ।
बलिउडका सुल्तान सलमान खान मंगलवार बहिनि अलवीरा खानसंग जोधपुर पुगेका थिए । अदालतमा भने उनि अदालत सुरु भएपछि मात्र उपस्थित भए । सफाइ पाएसँगै सलमानले आफ्ना शुभचिन्तकलाई ट्विटरमार्फत धन्यवाद दिएका छन् ।
सलमानलाई अवैध हथियार रखेको र हरिणको शिकार गरेको आरोप लगाइएको थियो । मुख्य न्यायाधीश दलपतसिंह राजपुरोहितले अभियोग र बचाव पक्ष दुवैलाई अंतिम बहसका लागि मंगलबार बोलाएका थिए । सलमान चार्टर प्लेनबाट जोधपुर पुगेका हुन् ।
सलमान खान माथि अक्टूबर १ १९९८ मा कान्काणी गाउमा दुई कालो हिरणको शिकार गरेको आरोप लगाइएको थियो ।