मानव तस्करीको परिभाषा माग गर्दै कांग्रेस सचेतकद्वारा अर्थमन्त्री बोलिरहँदा बीचमै रोकेर नियमापत्ति [भिडियो]
उपसभामुखलाई लक्षित गर्दै पाँच जनालाई हस्ताक्षर गरेर विदेश पठाएको कार्य मानव तस्करी हो वा कुन विषयको मानव तस्करी हो भन्दै सदनमा स्पष्ट पार्नसमेत आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
926
Shares
काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बोलिरहँदा बिचमै रोकेर नियमापत्ति गरेकी छिन्।
सांसदहरूले उठाएको प्रश्नको जवाफ दिइरहेका अर्थमन्त्री पौडेललाई रोक्दै सचेतक थिङले संसदभित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले 'मानव तस्करी' लगायतका आपत्तिजनक शब्दहरू प्रयोग गरेको र वक्ता बोलिरहेको बेलामा अवरोध भएको भन्दै आपत्ति जनाइन्।
थिङले 'मानव तस्करी' कसलाई भन्न खोजेको हो भन्दै त्यसको परिभाषा सदनमा स्पष्ट पार्न आग्रह गरिन्। उनले उपसभामुख इन्दिरा रानालाई लक्षित गर्दै पाँच जनालाई हस्ताक्षर गरेर विदेश पठाएको कार्य मानव तस्करी हो वा कुन विषयको मानव तस्करी हो भन्दै सदनमा स्पष्ट पार्न समेत आग्रह गरिन्।
उनले भनिन्, "आपत्तिजनक शब्दहरू यहाँ, मानव तस्करीको कुरा उठ्यो। बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुरा उठ्यो। मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो? जसले ५-५ वटा व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि, कुन विषयको मानव तस्करी हो सदनमा स्पष्ट पारियोस्।"
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन्।