arrow

उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
pmo-12-11.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दैछ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने यस बैठकमा मुलुकमा सुशासन कायम गर्न भइरहेका कामहरूको समीक्षा र सुधारका उपायहरूबारे छलफल हुनेछ।

प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोश्नी मेचेले जानकारी दिएअनुसार, यो आयोग गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको थियो। 

आयोगमा प्रधानमन्त्री ओलीका साथै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ